काठमाडौं पुस, १९– टिकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा जेल सजाय काटिरहेका रेशम चौधरीले सांसदको सपथ लिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सपथ लिएका हुन् । सभामुख महराले बिहिबार दिउँसो ३ बजे चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि सभामुख महराले…