रामेश्वर खनालले गाडी, आवास, पीएसओलगायतका कुनै सुविधा नलिने

काठमाडौँ । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा आज अर्थविद् रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिँदैछन्। दिउँसो ११;३० मा खनालसहित ऊर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङ र कानुनका ज्ञाता ‌ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिँदैछन्। मन्त्री बन्ने पक्का भएपछि अर्थविद् खनालले मन्त्रीका रूपमा तलबबाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्।…