काठमाडौं,जेठ २७ ।नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको…