नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक भोलि (बुधबार)बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ ।