मनहरि श्रेष्ठले दिए आदिवासी जनजातिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता मनहरि श्रेष्ठले जारी १५औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। जारी १५औँ महाधिवेशनमा धनुषा कांग्रेसका नेता श्रेष्ठले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। धनुषाको सबैलाका बासिन्दा श्रेष्ठले विद्यार्थी कालमै नेविसंघको राजनीति थालेका हुन्। उनले नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनले यसअघिका जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका…