पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान, शिक्षासँगै घुमघाम

जनकपुरधाम । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित धनुषाको धनुषाधाम क्षेत्र पछिल्लो समय हरियाली, दुर्लभ वनस्पति, शान्त वातावरण र प्रकृतिको अनुपम सौन्दर्यले नयाँ पहिचान निर्माण गर्दै गएको छ। केही वर्षअघिसम्म पर्यटकहरुको खासै ध्यान पुग्न नसकेको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानको प्रवेशद्वारभित्र पस्नेबित्तिकै यतिबेला वातावरण फेरिएको अनुभूति हुन्छ। शहरको कोलाहलबाट टाढा, चराचुरुंगीको मधुर स्वर, रुखका पातहरूबीच सलबलाउने हावा,…