कर्मचारीलाई दैनिक दुई सय खाजा भत्ता दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निर्णय गरेको छ । यसअघि दैनिक एक सयको दरले खाजा भत्ता दिइँदै आएको थियो । बैठकले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख…