घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व हो : मन्त्री महर्जन

काठमाडौ , २२ साउन बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताएका छन् । घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला साना तथा मझौला उद्योग प्रवद्र्धनको जिम्मा सरकारको रहेको…