काठमाडौँ, २० असार । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बीमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बीमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए। तातोपानीका आठवटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको…