कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा

१४ जेठ धनगढी। आन्दोलित कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका छन्। क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलित बनेका हुन्। उनीहरूले क्याम्पसमा तालाबन्दीसमेत गरेका छन्। सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ। कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो। विश्वविद्यालयले समायोजन हुँदा गरेका…