दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्र्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए । सोमबार साझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि…