बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन् । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल,…