हिउँ पन्छाइएसँगै सिमकोट विमानस्थलको हवाई उडान सुरु

सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात हिमपातका कारण प्रभावित भएको थियो ।बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा आज बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए…