गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएको र प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरिसकेको बताइएको छ । प्रदेशसभामा गुरुङ्बिरुद्द अबिस्वासको प्रस्ताब पेस भएको थियो । अबिस्वासको प्रस्ताबमाथी भोलि मतदान हुने कार्यसूची थियो ।