महोत्तरी । मधेस प्रदेशका आठवटै जिल्लामा मासुका लागि व्यावसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा आएको छ। यसबाट किसान उत्साहित भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबासले मासुजन्य प्रयोजनका पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा ल्याएको हो। प्रदेशका पूर्वपश्चिम राजमार्ग र हुलाकीमार्गले छोएका ८४ स्थानीय तहमा आयोजना कार्यालयले समूहगत माग र…