कास्की – पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेँसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल…