पोखरा - कांग्रेस निकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा ताला लगाएका छन् । पाँचौं नगरसभामा महानगरले प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने मागसहित उनीहरुले महानगरको गेटमा ताला लगाएका हुन् । महानगरले नगरसभाको चौथो दिन बुधबार रेडबुक प्रस्तुत गरेको थियो । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा र बजेटबारे बोल्ने मौका…