११ वर्षदेखि स्थानीय र पर्यटकलाई सास्ती, कहिले सम्पन्न होला भक्तपुर-नगरकोट सडक ?

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन। सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे। सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर-नगरकोट-सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ। पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लंघन…