कैलाली । कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन पुगेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिकटन उत्पादकत्व छ। जिल्लाको ३४ हजार ५६५ हेक्टर जग्गामा गहुँखेती गर्ने गरिन्छ। बढी जग्गामा गहुँखेती गर्ने जिल्ला कैलाली देशकै पहिलो हो, उत्पादकत्वको दृष्टिमा झापा, मोरङ,…