जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र…