कोरियाबाट फर्केर कृषि, ४० रोपनी जग्गामा अकबरे खुर्सानी

भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका(८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन्। वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन्। भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए। कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ।…