प्रहरीको गोलीले पहिलोपटक विप्लवका कार्यकर्ता मारिए

भोजपुर जेठ, ८– प्रहरीको गोलीले पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । मंगलबार दिउँसो प्रहरीको गोली लागेर भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । उनको तिघ्रामा गोली लागेको थियो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले…