पाटन । राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ। किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवर्द्धन गरौँ कृषि कर्मलाई उद्यममा रुपान्तरण गरौँ भन्ने नाराका साथ कृषकद्वारा अर्गानिक कृषि उत्पादनलाई उपभोक्तासम्म पुर्याउने अभिप्रायका साथ आजदेखि किसान बजार सञ्चालनमा आएको हो। किसान बजार शुभारम्भका अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य…