जाजरकोट जेठ, ३०– सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ ।…