काठमाडौं । १३ वर्षपछि घरेलु मैदानमा पाकिस्तानले पाहुना टोली श्रीलंकालाई हराउँदै टेस्ट सिरिजमा कब्जा जमाएको छ। पहिलो टेस्ट बराबरीमा सकिएकोमा पाकिस्तानले दोश्रो टेस्टमा २६३ रनले श्रीलंकालाई हराउँदै सिरिज १-०ले आफ्नो पक्षमा पारेको हो। यस म्याचमा पाकिस्तानका चार ब्याटस्म्यानले शतक बनाए। यसका बाबजुद सबैभन्दा बढी चर्चा भने युवा बलर नसीम शाहले बटुले। शाहले म्याचको अन्तिम पारीमा…