काभा महिला भलिबल : नेपालको निरिह प्रदर्शन, सेमिफाइनलमा पराजित

काठमाडौं । बिर्सनलायक प्रदर्शन गरेपछि नेपाली महिला टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्न असफल भएको छ । त्रिपुरेश्वरमा बिहीवार भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा निरिहपूर्ण नतिजा सुम्पिन बाध्य भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भरिभराउ दर्शकको साथ पाए पनि नेपाली टोलीले आत्मबल नै गुमाएर…