कोरोना परीक्षणको रिपोर्ट मोबाइलमा

चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”,…