मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीद्वारा हजारौँ लिटर अवैध मदिरा नष्ट



काठमाडौं पुस, १९–
अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले आज छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ । अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको चन्दले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ । । प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । यसअघि पनि वृत्तले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्थानहरूमा पटक पटक छापा मार्दै हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ६ : ०८ बजे