मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर ओरालोे यात्रामा नेप्से



काठमाडौं पुुस, १९–
नेप्से आज पनि ओरालो लागेको छ । आज बिहिबार नेप्से एक दशमलव ५६ अंकले घटेर ११ सय ७८ दशमलव ८७ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ४८ अंकले घटेर दुुई सय ५० दशमलव छ अंकमा पुुगेको छ । आज एक सय ५८ कम्पनीहरुको तीन हजार सात सय २३ वटा कारोबारमा सात लाख ९७ हजार छ सय १३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २७ करोड ६९ लाख ५६ हजार तीन सय एक रुपैयाँ पुुगेको छ ।
आज नौ वटा मात्र समुहको कारोबार हुँदा तीन वटा समुहको सुचक घटेर रातो देखिएको छ भने छ वटा समुहको सुचक बढेर हरियो देखिएको छ । वाणिज्य बैंक समुहको सुचक चार दशमलव ३६ अंकले घटेर एक हजार १५ दशमलव ४७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम ११ करोड ३२ लाख ४६ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक र जलबिद्युुत समुहको सुचक पनि घटेर रातो भएका छन् । निर्जीवन बीमा समुहको सुचक भने १५ दशमलव दुई अंकले बढेर पाँच हजार छ सय ८३ दशमलव ५७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम छ करोड ३४ लाख ७२ हजार चार सय रुपैयाँ पुुगेको छ । जीवन बीमा, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी, सिन्धुु बिकास बैंक आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुुचीमा कालिका लघुबित्त बित्तीय संस्था, हाथ्वे फाईनान्स आदि परेका छन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने नेपाल बैंक, एनएमबी बैंक आदि कम्पनी अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  १० : ३५ बजे