मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा लोकसेवा आयोग विधेयक पेश गर्ने



काठमाडौं पुस, २०–
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् । शुक्रबार मध्यान्ह एक बजे संघीय संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ५ : १६ बजे