काठमाडौं पुस, २०–
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चौतर्फी आलोचना भैरहेको रेशम चौधरीको शपथको बचाउ गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बिहीबार ट्वीट गर्दै चौधरीबारेको विवादलाई विडम्बनापूर्ण भनेर उल्लेख गरेका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने बाबुरामले प्रष्ट पारेका छन् । बाबुरामले लेखेका छन्, रेशम चौधरीवारे विवाद विडम्वनापूर्ण१ टीकापुरमा मान्छे मर्नु दुःखद छ। तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टी भएको छैन१शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र ? कांग्रेस(कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने,थारूका चाहिं अपराध ?
‘टीकापुरमा मान्छे मर्नु दुःखद् छ। तर, त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टि भएको छैन’, भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन्, ‘शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायतकालमा रामराजालाई नगराए जस्तै हैन र ?’
कांग्रेस र कम्युनिस्टका विगतका गतिविधितर्फ इंगित गर्दै भट्टराईले अगाडि थपेका छन्– कांग्रेस–कम्युनिस्टका त्यस्तै विद्रोह क्रान्ति हुने, थारूका चाहिं अपराध ?’








