मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजुरीबाट अवैध चार किलो सुनसहित ३ जना समातिए



काठमाडौं पुस, २०–
धादिङको गजुरीबाट अवैध चार केजी सुनसहित तीनजना पक्राउ परेका छन् । गएराति पौने १० बजे धादिङको गजुरीबाट रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध सुनसहित उनीहरूलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ रहेका छन् ।

उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो । गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुन चीनको केरुङ हुँदै रसुवागढीबाट धादिङ ल्याएको प्रारम्भिक बयान दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ६ : १५ बजे