मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीआईबीको टोलीले रामबहादुर बम्जनको आश्रममा छापा मार्यो



काठमाडौं पुस, २०–
तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीले छापा मारेको छ ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरी उच्चस्रोतले छापा मारेको स्वीकारे पनि त्यो भन्दा बढी बोल्न चाहेन ।
जिल्ला अदालतले बिहीबार बम्जनको आश्रममा खानतलासी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ९ : ४४ बजे