काठमाडौं पुस, २०–
तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीले छापा मारेको छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरी उच्चस्रोतले छापा मारेको स्वीकारे पनि त्यो भन्दा बढी बोल्न चाहेन ।
जिल्ला अदालतले बिहीबार बम्जनको आश्रममा खानतलासी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।