मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्रमा सिपाही–हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा



काठमाडौं पुस, २१–
रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्तामा हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ ।

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

मुस्ताङको गुल्ममाा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो ।

रासनभत्तामा अनिमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयको विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोष्ट ९बिओपी० का प्रमुखमाथि कारबाही थालेको हो ।

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार  १ : २३ बजे