काठमाडौं पुस, २२–
प्रधानसेनापति पूर्णचन्द्र थापा भारत भ्रमणमा जाने भएका छन्। भारतीय स्थल सेनाका सेनाअध्यक्ष विपिन रावतको निम्तोमा पुस २७ गते प्रधानसेनापति थापा भारत जान लागेका हुन्।
पुस २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दले थापालाई भारतीय सेनाको महारथीको उपाधि प्रदान गर्नेछन्।
नेपाली सेनाका अनुसार प्रधानसेनापति थापाले भारतीय रक्षा मन्त्री निर्मला सीतारमण र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट गर्ने छन् ।
भारत भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका दुई पृतनाको अवलोकन गर्ने कार्यक्रम समेत तय भएको छ ।
माघ २ गते स्वदेश फर्कने प्रधानसेनापति थापा कार्यक्रम छ।