मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकको एटीएम मेसिन फुटाउन खोज्ने दुईजना समातिए



काठमाडौं पुस, २४–
सानिमा बैंकको एटीएम मेसिन फुटाउन खोज्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले बैंकको एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने बनेपाका रमेश पाण्डे र भक्तपुर सूर्यविनायकका दिनेश सुकु भट्टलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले गत पुस १८ गते राति साढे ८ बजे सूर्यविनायक–५ मा रहेको सानिमा बैंकको एटीएम मेसिन फुटाउन खोजेका थिए ।
मेसिनको माथिल्लो भागमा रहेको सीसी टीभीको फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जगाती वृत्तले जनाएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ८ : ४४ बजे