झापा –
झापाको दमक नगरपालिका वडा न २ स्थित हरिप्रसाद निरौलाको घर तथा गोठमा बिहीबार बिहान ६ बजे भएको आगलागीबाट एक घरसहित १ गाई, २ बाख्रा र घरभित्र रहेका महत्वपुर्ण कागजात, खाद्यान्न, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
तेस क्षेत्रमा गतिलो दमकल नहुँदा आगलागी नियण्त्रणमा लिन कठिन हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शमाृ ओलीको गृहनगर दमकनगरपालिकामा भ्युटावर, औद्योगिक पार्क आदि बहुप्रतिष्ठित योजना सुरु गर्ने चर्चा रहेता पनि अत्यावश्यक सेवाको रुपमा रहेको दमक नगरपालिकामा चालु अवस्थामा रहेको दमकलको हालत भने एकदमै नाजुक रहेको छ ।
बिहीबार बिहान दमक २ मा भएको आगलागीमा दमकल आगो निभाउन पुग्यो तर आधा पानी भने बाटोमा नै चुहिएर सकिएको थियो ।
दमकल पुरानो र बिग्रेकोले गर्दा पर्याप्त मात्रामा आगो निभाउन दमकलमा पानी नभएकोले धेरै धनमालको क्षति भएकोसमेत स्थानियहरुले बताएका छन् ।
आगलागी हुँदा आगो निभाउने गतिलो दमकल छैन तर प्रधानमन्त्रीले भने भ्यु टावर बनाउने हावादारी गफ दिने गरेको भन्दै स्थानियले गुनासो ब्यक्त गरेका छन ।