बमजनको आश्रममबाट एकजना पक्राउ



काठमाडौं पुस, २६–
रामबहादुर बमजनमाथि अनुसन्धान गर्ने भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता र हत्या गरेको आरोप लागेका बमजनको आश्रममा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाईरहेका बेला जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले कमलामाई–८ का इन्द्रबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनी बमजनको सिन्धुलीस्थित आश्रममा बस्छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी रामेश्वर यादवले उनीमाथि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । उनले अनुसन्धानका क्रममा सोधपुछका लागि ल्याएको र विस्तृत बुझ्ने कार्य भैरहेको बताए ।

प्रहरीले यसअघि सिन्धुपाल्चोकमा रहेको बमजनको आश्रममा छापा मारेको थियो । त्यहाँ अस्वाभाविक गतिविधि देखिएको दाबी गरिएको थियो ।

हाल बमजन सिन्धुलीकै आश्रममा रहेको बताइँदै आएको छ ।

प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार  १० : ३० बजे