मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष समातिए



डोल्पा पुस, २७–
हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्।

वडाध्यक्ष कार्मा गुरुङलाई शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको हो।

गुरुङ स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए। शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको थियो।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  ७ : ५९ बजे