दरबारमार्ग क्षेत्रमा ठगी गर्दै हिँड्ने नक्कली डीएसपी पक्राउ



काठमाडौं पुस, २७–
दरबारमार्गमा डीएसपी हुँ भन्दै धाक रबाफ देखाई अपराधिक गतिविधि गर्दै आएका एक नक्कली डीएसपी पक्राउ परेका छन् । सक्कली डीएसपीको नाम लिएर होटलमा बस्ने, नेपाल प्रहरीको वहालवाला डीएसपी भनि परिचय पत्र देखाई देखाउदै हिँड्ने भक्तपुर बालकोटका वर्ष ३५ को अनिल थापालाई प्रहरीले पक्रउा गरेको हो । बिहिबार विशेष सूचनाको आधारमा काठमाडौं परिसरको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
विगत १४ दिनदेखि कमलादी स्थित तिरुपति होटलको रुम नम्बर २०३ मा बसेका थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा समेत डीएसपी हुँ भन्दै धाक धम्की दिदै हिडेका थिए । उनी गएराति होटल तिरुपतिबाट पक्राउ पक्राउ परेका हुन् । प्रहरीले थापाको बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार  ९ : ४१ बजे