सिरहा पुस, २९–सिराहाको मिर्चैयामा नेपाली सेनाका जवानले नै एक युवतीमाथि बलात्कारको प्रयास गरेका छन् ।
मिर्चैया नगरपालिका–७ पानी ट्यांकी नजिकै शुक्रबार राति श्रीनाथ गण चोहर्वाका सेनाहरूले एउटी किशोरीलाई सामूहिक बलात्कार गर्न खोजेको खुलेको छ । किशोरीले गुहार मागेपछि स्थानीयवासी पुगेर बचाएका थिए ।
यवतीको बयानअनुसार तीन जना सेनाका जवानले बलात्कारको प्रयास गरेका हुन् । युवतीले गुहार मागेपछि लगत्तै पुगेका स्थानीयवासीहरुले ती जवानलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर स्थानीय पुग्न नपाउँदै २ जना सेना भागेका र एक जनालाई स्थानीयले भेटाएर कुटपिट गरेका छन् ।
यसैबीच शनिबार साँझ स्थानीय आन्दोलित हुँदै पूर्व र पश्चिम राजमार्ग ठप्प बनाएका छन् । प्रहरीले असली दोषीलाई छाडेर अरु नै पक्राउ गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । प्रहरी कार्यालयमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो ।