मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा बस पल्टियो, ३१ जना घाइते



काठमाडौं पुस, २९–
काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । आइतबार बिहना धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै भएको दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार अत्यधिक गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको हो ।
घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि अहिले सुचारु भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ३ : ०४ बजे