मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक प्रहरी खोरमा



नवलपरासी पुस, २९–
नवलपरासीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११, भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेल छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ परेका हुन् ।
उनीमथि कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् ।

उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । प्रहरीका अनुसार पौडेलमाथि थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ६ : ०४ बजे