मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हत्या आरोपी समाउन प्रहरीले गोली चलायो



काठमाडौं माघ, २–
प्रहरीले एक फरार अभियुक्तमाथि गोली प्रहार गरी पक्राउ गरेको छ । प्रहरीले बर्दियामा हत्या आरोपी युवराज गिरीलाई गोली चलाएर पक्राउ गरेको हो ।
यसअघि पुस २६ मा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । प्रहरीले केहीदिन अघि घटनामा संलग्न भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।
शाही पक्राउ परे लगत्तै उनीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । प्रहरीले उनी भाग्न खोजेपछि गोली चलाएको हो जनाएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताए । उनले पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको जनाएका छन् । सामान्य अवस्थामा रहेका उनलाई उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ९ : ३६ बजे