मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतमा बस पल्टियो, ३ जनाको मृत्यु , ३८ घाइते



पर्वत माघ, ३–
पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । कुश्मा नगरपालिकास्थित मालढुंगामा भएको बस दुर्घटना ३८ जना घाइते भएका छन् । अहिलेसम्म मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाए अनुसार बस भीरबाट करिब ६० मिटर तल खसेको छ । अहिले घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ५ : १२ बजे