मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको टोखाबाट नगद ५ लाखसहित १५ जुवाडे समातिए



काठमाडौं माघ, ३–
काठमाडौंको टोखाबाट ५ लाख ३५ हजार ८४० नगदसहित १५ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । बुधबार राति ९ बजे गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ५ : ५३ बजे