मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुमुल्य पत्थरसहित ५ जना समातिए



काठमाडौं माघ, ४–
प्रहरीले बहुमुल्य पत्थरसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले शुक्रवार मध्यराती स्कारपियोमा लुकाएर ल्याएको पत्थरसहित उनीहरुलाई पक्राउ गरेको हो । त्यसरी पक्राउ पर्नेहरुमा  सुर्खेतका भीमबहादुर सुनार, नविन कँडेल, सुरेन्द्र शाही, सुर्खेत बराताल बस्ने भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेत रहेका छन् । कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका बा.१९ च ३५७२ नम्बरको स्कारपियोमा सवार उनीहरु  वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुका साथबाट स्कारपियोमा लुकाएको अवस्थामा साढे ११ किलोको बहुमूल्य पत्थर बरामद गरिएको छ ।

प्रहरीले घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ८ : ३४ बजे