मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिराहामा प्रहरीको गोली लागेर एकजना घाइते



सिराहा माघ, ४–
सिराहामा प्रहरीले गोली चलाएको छ । सिरहाको सुकचैना–१४ स्थित मार्डरमा प्रहरलिे आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिमाथि गोली चलाएको हो ।
प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि पिछा गरिरहेको थियो । शुक्रवार अचानक जम्काभेट हुँदा प्रहरीमाथि आक्रमणका प्रयास भएपछि उनीमाथि जवाफी कारवाही गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले प्रमोद यादवको साथबाट एक थान पेस्तोल बरामद भएको जनाएको छ ।
गोली लागेर सामान्य घाइते भएका यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ८ : ५६ बजे