मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परामर्शका नाममा दूरसञ्चार प्राधिकरणमा करोडौँ ब्रम्हलुट



काठमाडौं माघ, ६–नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाव पेस गर्न गठित पूर्वसहसचिव सूर्य राउत नेतृत्वको समितिले प्रतिवेदनले समेत परामर्श सेवामा अनावश्यक रुपमा खर्च गरिएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणमा नभएको विशेषज्ञदाताका लागि परामर्श दातृ सेवा लिनु मनासिब देखिए पनि कर्मचारी विशेषज्ञबाटै हुन सक्ने काम कर्मचारीबाटै सम्पादन गराउन प्रतिवेदनले सरकारलाई सुझावसमेत दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : ४१ बजे